फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो उपाधि
पाेखरा | भदौ २५, २०८०
पोखरा: पोखरामा संचालन भएको कास्की जिल्ला ब्यापी बिद्यालयस्तरिय पहिलो ५ र ५ मर्दिखोला छात्र छात्रा बास्केटबल प्रतियोगितामा फिष्टेल एकेडेमीले दोहोरो उपाधि जित्न सफल भएको छ ।
फिष्टेल एकेडेमीले छात्र छात्रा दुबै प्रतियोगितामा बिजेता बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो। सो प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङले द्वितीय र बालकल्याण स्कुलले तृतीय स्थान हासिल गर्न सफल भए।
त्यसैगरी छात्रतर्फ दोश्रो गण्डकी बोर्डिङ र तेस्रो स्थान मनकामना बोर्डिङले हासिल गर्न सफल भए।पोखरा स्थित मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने टिमले नगद पुरस्कार क्रमशः रू २० हजार, १० हजार र ६ हजारसहित ट्रफी र मेडल प्राप्त गरे।
मर्दी खोला बास्केटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ११ वटा बिद्यालय सहभागी भएका थिए।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

